नियम १०८
कार्यालयको काम र कर्तव्य
ऐन र यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम र कर्तव्यको अतिरिक्त कार्यालयको आर्थिक प्रशासन सम्बन्धी काम र कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयसँग विनियोजित रकम माग गरी निकासा भएको रकम आम्दानी बाँधी स्वीकृत बजेट तथा कार्यक्रम र तालुक विभागले दिएको अख्तियारी भित्र रही यस नियमावली बमोजिमको रीत पु¥याई खर्च गर्ने, त्यसको लेखा राख्ने,
(ख) यस नियमावलीमा उल्लेख भए बमोजिमको अवधि भित्र राजस्व, धरौटी र विनियोजनको बैङ्क हिसाब विवरण भिडाई मास्केवारी र अन्य विवरणहरू सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय, तालुक विभाग र मन्त्रालयमा पठाउने,
(ग) सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट विनियोजन, राजस्व, धरौटी र लेखाको आन्तरिक लेखापरीक्षण गराउने र देखिएको कैफियत अन्तिम लेखापरीक्षण हुनु अगावै नियमित गराई राख्ने,
(घ) यस नियमावली बमोजिम वार्षिक आर्थिक कारोवार प्रतिवेदन र चौमासिक तथा वार्षिक कार्य सम्पादन प्रतिवेदन पेश गर्ने,
(ङ) यस नियमावली बमोजिम सम्पूर्ण आर्थिक कारोवार गर्ने, जिम्मेवारी बहन गर्ने, बेरुजु फछ्र्यौट गर्ने र विवरण पेश गर्ने,
(च) महालेखा परीक्षकको कार्यालयबाट औंल्याइएका बेरुजुको सोही विभागबाट तोकिएको ढा“चामा लगत खडा गरी राख्ने र फछ्र्यौटको अभिलेख अद्यावधिक गरी राख्ने ।